सरकारले तोक्यो उखुको न्यूनतम मूल्य

डिसी नेपाल
४ पुष २०८० १३:५७

काठमाडाैं। सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ।

सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ।

उद्योग र सरकारी अनुदान गरि अव किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। किसानहरुले भने उखुको खरिदमूल्य प्रतिक्विन्टल ७ सय ५० पुर्‍याउनुपर्ने माग राख्दै आएका थिए।

त्यस्तै प्रवक्ता शर्माले सरकारको एक वर्षे अवधिको समीक्षा भएको र मूख्यसचिवबाट सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजना सहित कार्ययोजना प्रस्तुत गरेकाे जानकारी दिइन्।

प्रवक्ता शर्माले मन्त्रिपरिषद् बैठक बस्नका लागि मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको नयाँ हललाई पनि प्रयोगमा ल्याइएको बताइन्। मन्त्रिपरिषद्को नियमित बैठक भने बिहीबार बस्ने प्रवक्ता शर्माको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *