विवादास्पद अभिव्यक्ति दिएका पर्यटनमन्त्रीले संसदीय समितिमा के भने ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुक धर्मनिरपेक्ष राष्ट्र भएकाले सबै धर्मलाई समान रुपमा हेर्नुपर्नेमा आफुले जोड दिएको प्रष्टिकरण दिएका छन् ।
क्रिसमस फेस्टिभलमा दिएको अभिव्यक्ति विवादमा परेपछि संसदीय समितिमा मन्त्री किराँतीले मुलुक धर्मनिरपेक्ष राष्ट्र भएकाले संविधानको भावना अनुरुप सवै धर्मलाई समान रुपमा हेर्नुपर्नेमा मात्रै आफुले जोड दिएको बताएका हुन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री किरातीले धर्मनिरपेक्ष राष्ट्रमा कुनै धर्मलाई दवाउने काम देशद्रोही हो भनेर आफुले बोलेको जिकिर गरे । उनले निर्वाचन लडेर, जितेर आएकाले संविधान मानेर जानुपर्ने धारणा राखे ।
त्यसअघि बैठकमा राप्रपा सांसद धवलशमशेर राणाले ख्रीष्टियनको आफुले विरोध नगरेको र जबरजस्ती धर्म परिवर्तनको मात्रै विरोध गरिएको बताए । उनले ख्रीष्टियन विरोध गर्नु संविधानको विरोध हो भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको र देशमा द्वन्द निम्त्याउन खोजिएको तर्क गर्दै माफी माग्न र राजीनामा दिन सुझाव दिएका थिए ।
यसअघि बुधबार क्रिसमस फेस्टिभलमा क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको विवादमा परेका छन् ।







डिसी नेपाल








Facebook Comment