सांसद ढकालद्वारा धार्मिक क्षेत्रका अगुवासँग अन्तरक्रिया
ललितपुर। संघीय सांसद तथा पूर्वमन्त्री एकनाथ ढकालले धार्मिक क्षेत्रका विभिन्न अगुवाहरुसँग अन्तरक्रिया गरेका छन्।
ढकालको सचिवालयद्वारा ललितपुरको एक होटेलमा आयोजित छलफलमा सांसद ढकालले देशमा सामाजिक सदभाव अभिबृद्धि गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्दै समयको संकेत र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न धार्मिक गुरुहरुले विवेकको प्रयोग गर्नु पर्ने बताए।
ढकालले धार्मिक क्षेत्रले समाजमा नैतिक कम्पासको रुपमा काम गर्नुपर्छ भन्दै युवाहरुलाई धार्मिक क्षेत्रप्रति घट्दै गएको विश्वाशको अभिबृद्धि गर्न धार्मिक अगुवाहरुले आफ्नो दैनिक दिनचर्यामाआ-आफ्नो धर्मका शिक्षाहरुको सही अभ्यास गर्नु पर्ने बताए।
उनले एक धर्मालम्बीले अर्को धर्मालम्बीलाई सहर्ष स्वीकार गर्ने, एक-आपसमा सम्मान गर्ने र कुनै एक धर्म माथि आक्रमण हुँदा सबै धर्म एक भएर सामना गर्ने सहयोगी सस्कारले मात्रै धार्मिक क्षेत्रले आफ्नो ऐतिहासिक दायित्व बोध गर्न सक्ने बताए।
सांसद ढकालले नेपालमा बसोबास गर्ने जुनसुकै धर्मालम्बी भएपनि नेपालको मौलिक पहिचान भने अंगीकार गरि धर्मगुरुहरु अन्तर्राष्ट्रिय स्तरमा देशको सदभावना दुतको रुपमा प्रस्तुत हुनुपर्छ भने।
ढकालले धार्मिक क्षेत्रलाई “सफ्ट पावर” अथवा “नरम शक्ति” को रुपमा राज्यले शान्ति स्थापनार्थ पनि सदुपयोग गर्नु पर्ने बताए। ढकालले नेपाल धार्मिक सदभावको हिसाबले अनुकरणीय रहेको बताउँदै धर्मका नाममा हुने द्वन्द्वलाई रोक्नुपर्नेमा जोड दिँदै धार्मिक समूह एक अर्काको प्रतिस्पर्धी नरहेको बताए।
ढकालले आ-आफ्नो धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि कसैको मौलिक अधिकार हनन गर्न नहुने बताए। नेपालमा पनि धार्मिक र सांस्कृतिक द्वन्द्व बढ्दै गरेकाले समाजमा सकारत्मक चेतना दिनु आवश्यक रहेको उनले बताए ।
सांसद ढकालले राज्य र सरोकारवाला निकायहरुले नदेखेको कुरा धार्मिक गुरुहरुले देख्न सक्ने भएकोले धार्मिक क्षेत्र र राज्यबीच नजिकको सम्बन्ध हुनु पर्नेमा उनले जाेड दिए।
अन्तरधार्मिक संवाद कार्यक्रमका बक्ताहरुले धार्मिक क्षेत्रको मुद्दाहरु हेर्न “अन्तरधार्मिक आयोग” गठन गर्न पहलकदमी गरिदिन आग्रह गरे।
कार्यक्रमममा बोल्दै डा महेन्द्र भट्टराईले धार्मिक क्षेत्र राजनीति मुक्त हुनुपर्ने बताए।
डा केबी रोकायाले बढ्दै गएको सामजिक बिकृति र विसंगति रोक्न धार्मिक क्षेत्रको नेतृत्वदायी भूमिका हुने बताए। मुस्लिम आगुवा नजरुल हुसेनले धार्मिक सस्थाहरुको पहिचान सहित राज्यले दर्ता गर्नु पर्ने बताउदै मृत्यु परान्त दाहासस्कारको लागि आबस्यक जमिन उपलब्ध गराउन राज्यले सहजीकरण गर्नु पर्ने बताए।

बुद्धिस्ट आगुवा धर्ममुर्ती भिक्षुले सरकाले धेरै आयोग गठन गर्नु भन्दा “अन्तरधार्मिक आयोग” गठन गरि धार्मिक क्षेत्रको मुद्दाहरु हेर्नुपर्ने बताए।
कार्यक्रममा हिन्दु अगुवाहरु पण्डित केशव प्रसाद चौलागाई, रामचन्द्र भण्डारी र प्राध्यापक स्वामी आन्नन्द बिनोद, बुद्धिस्ट अगुवाहरु धर्ममुर्ती भिक्षु र पियादाशी महर्जन, मुस्लिम अगुवाहरु नजरुल हुसेन, अथर अलि फलाही र अधिकारकर्मी सीमा खान, किरात अगुवा तथा अन्तरधार्मिक शान्ति संघ नेपालका अध्यक्ष राम भक्त कुरुम्बाङ्ग, बुद्धिजिबी तथा इशाई अगुवाहरु डा. केबी रोकाय र डा महेन्द्र भट्टराई, नेपोलियन राई, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका अध्यक्ष प्रकाश बाबु थापा, डा पियारत्न मर्हजन, संचारकर्मी तथा कानुन व्यवसायी अधिवत्ता बिष्णु गिरीलगायत तीन दर्जन धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो।







डिसी नेपाल








Facebook Comment