राष्ट्रिय युवा संघ बिशेष प्रदेश कमिटीको अधिबेशन भक्तपुरमा हुँदै

डिसी नेपाल
६ पुष २०८० ११:०५
64
Shares

काठमाडाैं। एमाले को २३ वटा जनवर्गीय संगठन मध्ये युवासंघ जुजारु संगठनको रुपमा हेर्ने गरिन्छ। यसकाे ९ औं महाधिवेशनबाट अध्यक्ष पदमा क्षितिज थेबे निर्बाचित भएर आएपछि सबै प्रदेश र जिल्लाको अधिबेशनको माध्यमबाट लोकतान्त्रिक बिधि अपनाएर नेतृत्व छनौट गर्दै आएको छ।

युवासंघमा ८ वटा प्रदेश कमिटी छन् जसमा शनिबार हुने भनिएको अधिवेशन बिशेष प्रदेशको हो। यो कमिटीमा देशै भरीबाट काठमाडौमा आएर पेसा ब्यवसाय गर्ने, विद्यार्थी समाहित हुने गर्दछन्। अहिले यो कमिटीको संयोजकमा सुजन घिमिरे छन्।उनी ओखलढुंगाका युवानेता हुन्।

युवासंघले यस अघि बागमती, कोशी, सुदुरपश्चिम, कर्णाली, मधेश, लुम्बिनी प्रदेशको अधिवेशन गरिसकेको छ। यो विशेषा प्रदेश महाधिवेशनपछि गण्डकी प्रदेश र केही जिल्ला रहेको पनि समयमै गर्ने युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले अन्य कार्यक्रम तय गरेर बिरोध गर्ने पनि बताएको छ। प्रवक्ता पौडेलले माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधि विरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.