मन्त्री किरातीको राजीनामा माग्दै राप्रपाको प्रदर्शन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
धर्मका बारेमा मन्त्री किरातीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौं क्षेत्र नं ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्ति भएका कुरा ८१ प्रतिशत हिन्दुको भावना विपरित भएको बताए । राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको माग सहित राप्रपाले आन्दोलन गर्न उनले बताए ।
मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको हो ।







डिसी नेपाल








Facebook Comment