सिंगटीको आजसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने

डिसी नेपाल
१९ पुष २०८० ११:०७
48
Shares

काठमाडौं। सिंगटी हाइड्रो इनर्जीको बिहीबारसम्म कायम सेयरधनीले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको र यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्ने भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

सिंगटीले आइतबार पुस २२ गते बुक क्लोज गर्दै छ। आजसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *