एकीकृत समाजवादीमा राष्ट्रियसभाको उम्मेदवार चयन गर्ने अधिकार कार्यदललाई

डिसी नेपाल
२२ पुष २०८० २३:४७
116
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को आजको सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले क्षेत्र, क्लष्टर र उम्मेदवार छनौट गर्ने सर्वाधिकार कार्यदललाई दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। अध्यक्ष नेपाल नेतृत्वको उक्त कार्यदलमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन्।

आगामी माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचन तथा राष्ट्रपतिबाट मनोनीत एक सिट बाँडफाँट गर्न गठबन्धन दलबीच अहिलेसम्म भएका छलफल तथा कार्य प्रगतिबारे बैठकमा अध्यक्ष नेपालले जानकारी गराएका थिए।

पार्टीले प्राप्त गर्ने सिट सङ्ख्याको अन्तिम टुङ्गो लागेपछि कार्यदलले विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने जनाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.