हामी चुनाव पर्खिरहेका छौं : अध्यक्ष ओली

डिसी नेपाल
१५ पुष २०८२ १६:३६
1.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू निर्वाचन पर्खिरहेको बताएका छन्। एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठिलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको छ। अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार छ। महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं,‘ उनले भने। निर्वाचनका लागि आफूहरू तयार रहेको सन्देश पार्टीको निर्वाचनले दिएको पनि उनले बताए।

उनले लोकतन्त्रलाई कसैले पराजित गर्न नसक्ने दाबीसमेत गरेका छन्। ‘लोकतन्त्र अजेय छ, अपराजय छ। यसलाई कसैले पराजित गर्न सक्दैन। यसलाई कसैले जित्न सक्दैन। लोकतन्त्रले नै जित्छ,’ उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गर्दै केहीले प्रधानमन्त्री नै घोषणा गरिसके पनि आफूहरू निर्वाचन पर्खिरहेको बताएका छन्।

ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई बाख्रा र कुखुराको मोर्चाबन्दी भएको बताएका छन्। ‘बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न सक्दैन। विशालकाय एमालेसँग भिड्न लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ? मुकाबिना हुन्छ?,’ उलने प्रश्न गर्दै भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *