ती राजा, यी शासक

नेपाल एकीकरणको जग बसाल्ने राजा पृथ्वीनारायण शाहले कुनै बेला नेपाललाई दुई ढुंगाबीचको तरुल भएको बताएका थिए र नेपालले सोहीअनुसारको विदेश नीति अवलम्बन गर्नुपर्ने रणनीति बनाएका पनि थिए।

उनले छाडेको अढाइ सयबर्षपछिको नेपाल कस्तो छ त? विना हिच्किचाहट भन्न सकिन्छ, देख्न सकिन्छ कि आज दुई ढुंगामा च्याप्पिएको तरुल झन् थिच्चिएको छ, मिच्चिएको छ। निस्सासिएको छ। लपेटिएको छ। दपेटिएको छ। चोइटिएको छ। र, टुप्पोदेखि जरासम्म मरेर गएको छ।

कसले? आफ्नै कुबुद्धिले। दास प्रबृत्तिले।

तरुल च्याप्ने दुई ढुंगा चीन भारत टल्किएर, चम्किएर सुन्दर भइरहेका छन्। मानौं ती ढुंगाहरुको आकार उचाई र वजन बढिरहेको छ। नाम मान शानमा चमक आइरहेको छ।

कसले? तिनको स्वाभिमानले। तिनको इखालु र सिपालु कुटनीतिले। माटो र जनता शिरमा राखेर गरेको अनुशासित र जवाफदेही राजनीतिले। दूरदृष्टि र अगाध देशभक्त राजनेताको त्याग र समर्पणले। राष्ट्रलाई शिरमा राखेर तर्जुमा गरेको अर्थनीति र कल्याणकारी अर्थब्यवस्थाले।

उच्च हौसला भएको अनुशासित, ब्यावसायिक, प्रतिबद्ध सैनिक संगठनको ताज, राप र तापले। सूचनाको शक्ति र गोपनीयताको सुत्रले। यो कुरा नेपालका नीति निर्माता, शासक र तिनका आसेपासेले नबुझेका होलान् र? अवश्य पनि बुझेका छन्।

यतिमात्र होइन तिनले यो कुरा पनि बुझेका छन् कि चीनले आफ्नो सिद्धान्त र आदर्श बिपरीतका आयातित धर्म संस्कृतिमाथि कठोर भएर प्रतिबन्ध लगाएको छ। एनजिओ आइएनजिओलाई निषेध गरेको छ। विश्व संघ संस्थाहरुलाई रोक लगाएको छ।

बिकृतिका जासुसी भाडा भनेर सामाजिक सञ्जाललाई खोल्न चल्न दिएको छैन। बिदेशी दुताबास र कुटनीतिज्ञलाई आफ्नो इण्टेलिजेन्स रडारभित्र राखेको छ। यी सवै ब्यवस्था र प्रतिबन्धहरु राष्ट्रिय सुरक्षा मजवुत गर्नको निमित्त हो भनिएको छ।

त्यसैगरी अर्को छिमेकी भारतले राष्ट्रिय सुरक्षामाथि सूचना चुनौती भयो भनेर करिब १५ हजार गैर सरकारी संघ संस्थाहरुमाथि प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय कार्यालय र सहयोगहरुलाई धन्यवाद भनेर बिदाइ गरेको छ।

कुशल राजनीतिज्ञ, कुटनीतिज्ञ, अर्थशास्त्री, न्यायाधीश, उत्पे्ररक, र लडाकु सेनापति थिए। आधुनिक कालमा सवैका जिब्रोमा झुण्डिने आदर्श वाक्य उदाहरणीय नेतृत्व (लिड् बाई ईक्जाम्पल) का सच्चा उदाहरण उनै हुन्। नेपालका प्रथम र अन्तिम उदाहरणीय नेतृत्व उनी मात्र हुन् भनेर दाबी गर्ने बिद्वानहरुसँग म सहमत छु।

अझ रोचक र रमाइलो अभियान, भारतले धर्म संस्कृतिलाई अन्तर्राष्ट्रिय कुटनीतिको माध्यम बनाउँदै छ, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको कडी बनाएको छ। बिश्वका राष्ट्रध्यक्षहरुलाई प्रधानमन्त्री मोदीको प्रख्यात उपहार भएको छ-श्रीमद्भागवत गीता। अन्तर्राष्ट्रिय योग दिवसको थालनी अर्को अनुपम उदाहरण हो। जसलाई भारतले संयुक्तराष्ट्रसंघबाट समेत अनुमोदन गराइसकेको छ। इण्डिया होइन महाभारतको साँस्कृतिक नक्सा भित्तामा टाँसेर भावी रोडम्यापको छन्द र संकेत दिइसकेको छ।

भारतले संसारभरि आफ्नो सूचना संजाल बिछ्याइसकेको छ। र, आफ्नो सूचना बाकसमा बलियो बिर्को लगाएर गोल्चे ताल्चा ठोकिदिएको छ।
राष्ट्रभक्ति र राष्ट्रिय गोपनीयता चीन भारत दुबै छिमेकीका राष्ट्रिय तागत हुन्। राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि ढाल हुन्। दुबै देशका नेतृत्वहरु कद बढेर शक्तिशाली भएका छन्।

र, छिमेकीका यी विषय हाम्रा शासकहरु टुलुटुलु हेरेर बसेकामात्र होइन बरु तिनका पाउमा कहिल्यै नझुकेको आफ्नो मुलुकलाई लम्पसार बनाएका छन्। बरु श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहका ती पौराणिक दिब्य ज्ञान र अभ्यासको अक्षरश पालना भइरहेको छ छिमेकी भिमकाय मुलुकहरुमा।

मानेको कुरा

२०८० को एकता दिवस सम्बेदनशील छ। राज्य वारपारको भिरमा र डिलमा छ। जीवन मरणको दोसाँधमा छ। शासकहरुका हर्कतले राष्ट्रिय एकता कि राष्ट्र बिलयको बिकल्प रोज्ने समय र बिन्दूमा पुगेको पो छ कि भन्ने आभाष दिन थालेको छ।

चतुर्मुखी शीर्ष नेतृत्वहरु खुलेयाम र र्निवश्त्र भई बिलयको बाटोमा अग्रसर देखिन्छन्। एउटा सधैं स्वतन्त्र, सार्वभौम र स्वाभिमान हिमाली राज्यलाई अस्तित्व संकटको घडीमा पुर्‍याउन नेतृत्व पंक्ति जिम्मेवार छ।

पराक्रमी गोर्खाली जनताहरु बिलयको घोर बिरोधमा छन्। र, राष्ट्रिय एकताको जगमा उभिएको स्वतन्त्र, सार्बभौम, शान्त र समृद्ध मुलुक देख्न लालायित छन्। राष्ट्रिय रक्षाको लागि बलिदानी दिन तत्पर छन्।

हिमाल पहाडको पत्रपत्रभित्र प्रकृतिले लुकाई छिपाई राखेको सुन्दर स्वर्गजस्तो राज्यलाई जासुसहरुको आँखा र पञ्जाबाट लुकाइराख्नु भन्ने राष्ट्र निर्माताको दिब्योपदेशलाई हामीले धज्जी उडायौं।

र, शासकको कार्यालय एवं सयनकक्षसम्म जासुसहरुलाई रेड कार्पेट स्वागत अभिवादन गरेर मातृभूमिको अस्मिता उडायौं। अहिले मुलुक बाह्य जासुसहरुको क्रिडास्थल भएको छ। राज्यका हरेक संयन्त्रहरुमा जासुसको बलियो प्रभाव र पकड छ।

सरकार र उसको राज्यसंयन्त्र निरीह, निश्क्रिय र निश्प्रभावी छ। दाता, लगानीकर्ता र मालिकहरु एक होइन अनेक छन्। नोकरहरु को? धेरै आज्ञाकारी र बफादार भनेर खुलेयाम चाकडीमा लिप्त छन्। गोप्य सन्धी सम्झौता गरेर मुलुकका प्राकृतिक श्रोत साधन सुम्पने होडबाजीमा छन्। जुन् घामजस्तै छर्लङ छ।

पछिल्लो राष्ट्रघात, शासकलाई नै थाहा नभएको आयातित संबिधान र त्यसका आपत्तिजनक धाराहरु हुन्। जसले कथित् जनयुद्ध र १२ बुँदेले रोपेको बिषबृक्षलाई छहारी प्रदान गरेर जातीय, क्षेत्रीय र धार्मिक युद्धको न्यारेटिभ परीक्षण (पाइलटिङ) को पूर्वतयारी गरिसकेको छ।

धर्मान्तरका ठेकेदार राष्ट्रघाती दलाल नेतृत्वहरुको यो प्रायोजित भाष्य अक्षम्य छ। दण्डनीय छ। ती छद्म नेपाली नागरिक तर बिदेशी भाडाका दासहरुलाई चुनावमा हराउनु मात्र होइन, देशद्रोही मुकरर गरेर आजीवन काराबास पठाउन बिलम्ब भइसकेको छ। धर्तीबाट बिदा लिइसकेकाहरुलाई मरणोपरान्त जन्म कैद सजाय तोक्न जरुरी छ।

उत्तर, दक्षिण, पश्चिम, सुदूरपश्चिमका बादशाहरुका आज्ञाकारी नोकर शासकहरुले सोझा जनतालाई छल् गरी ल्याएको र जबर्जस्ती लादेको संबिधान र ब्यवस्था दुबै अफाप्सिद्ध भइसकेको सर्बेक्षण र आमनिचोड् छ।

गौरवशाली इतिहास, धर्म, संस्कृति, राष्ट्रिय एकता, राष्ट्रभक्ति, युवाशक्ति, राष्ट्रिय ढुकुटी जस्ता सबल राष्ट्रका सबै अवयवलाई छिन्नभिन्न चिराचिरा हुने गरि ध्वस्त पारिसकेको आम निश्कर्ष छ।

आज मातृभूमि दुनिया हँसाउने खुल्ला नाट्यशाला भएको छ। राजालाई बहिर्गमन र बनबास पठाएर जनताको नाममा कुपात्रहरुको कुशासन भोग्न हामी नेपालीहरु अभिषप्त भएका छौं।

उचाइका ती राजा

पृथ्वीनारायण शाह केवल राजा मात्र थिएनन्। उनी कम्मरमा कोत बोकेर खाली खुट्टा लड्दै हिँड्ने बफादार सिपाही योद्धा थिए। उनको परिश्रम, त्याग, कर्म, धर्म सिपाहीको थियो।

उनी आराम-बिश्राम, आहार बिहार, मोजमस्तीमा आकर्षित हुने र भुलिने कमाण्डर थिएनन्। सिपाही भन्दा धेरै जोखिम मोलेर कालसंग जुधिरहने कालजयी नेतृत्व थिए।

त्यो कालखण्डमा उनी क्षेत्रीयस्तरको उचाइका वजनदार नेतृत्व थिए। धेरै इतिहासबिद्हरुले उनलाई दुर्लभ अन्तर्राष्ट्रिय नेतृत्व भनेर बर्णन गरेका छन्। किनभने उनको रणनीति अख्तियार गरेर महत्वकांक्षी नेताहरुले एकीकरण गरेर विश्वका ठूल्ठूला राज्य निर्माण गरे।

आज विश्वका सफल राष्ट्रहरुले उनको कुशल राजनीति, अर्थनीति, कुटनीति, सूचना शक्ति नीति, न्यायनीति, इतिहास धर्म संस्कृतिको जगेर्ना र मान सम्मान नीति हुबहु अनुकरण गरेका छन्।

राष्ट्र निर्माता कुशल राजनीतिज्ञ, कुटनीतिज्ञ, अर्थशास्त्री, न्यायाधीश, उत्प्रेरक, र लडाकु सेनापति थिए। आधुनिक कालमा सवैका जिब्रोमा झुण्डिने आदर्श वाक्य उदाहरणीय नेतृत्व (लिड् बाई ईक्जाम्पल) का सच्चा उदाहरण उनै हुन्। नेपालका प्रथम र अन्तिम उदाहरणीय नेतृत्व उनी मात्र हुन् भनेर दाबी गर्ने बिद्वानहरुसँग म सहमत छु।

प्राचीन नेपालमा उनले खेतला, गोठालाको बफादार चुस्त समावेशी सेना बनाए। सन्त, महन्त, योगी, संगीतकार, गीतकार, नृत्यकार, मावली, ससुराली, मितलाई सुराकी बनाएर सूचना संजाल बिछ्याए। सुराकीका सुराक र सल्लाह ध्यानपूर्वक सुनेर गमेर सानदार निश्कर्ष निकाले।

बादशाहका सुरा सुन्दरी पादरी जासुसहरुलाई आफैंले झम्टेर डाँडा कटाए। जासुुस खटाएर उल्टै बादशाहका रणनीतिक योजनाहरुको अग्रीम जानकारी लिए र किल्ला समातेर बसे। उनीसँग हिमाल झुकाउने, पहाड उचाल्ने र तराई उराल्ने अद्भूत खुवी थियो।

पूर्व-पश्चिम सीमानलाई राष्ट्रिय एकता र देश भक्तिले जोड्ने तागत थियो। उनी पहलकदमी लिन माहिर थिए। छिटो निर्णय लिने राजनेता थिए। सृजना, प्रतिभा, इम्प्रोभाइजेसन र सरप्राइजका माष्टरमाइण्ड थिए। जब जब दुश्मन अगाडि बढ्छ, गाउँ खाली गराएर किल्लामा जनता एकत्रित गर भन्थे।

भोको पेटमा, लोभमा अथवा अज्ञानमा जनताले सूचना चुहाउने छन् भनेर उनी हमेशा सतर्क हुन्थे। बाटो र बेसीका जनतालाई सुरक्षाको लागि भनेर गढीमा एकत्रित गरेर राख्दथे। नक्कली बाटो बनाएर दुश्मनलाई भिर पहरा सिस्नोघारी र अरिंगालको गोलोतर्फ हर्कत गराउन बाद्य पार्दथे।

धरापमा पारेर हायलकायल बनाउँदथे। शक्ति क्षीण बनाउँदथे। उनको अक्कल, जुक्ति र अनुभवका अगाडि अत्याधुनिक हातहतियारले सुसज्जित बादशाहको केही लाग्दैन थियो। विजयको श्रेय उनी प्रकृति र भूगोललाई दिन्थे। तखत् तखत्को सय तले प्राकृतिक किल्लालाई ईश्वरले रचना गरेको अभेद्य किल्ला भन्दथे।

तसर्थ, लिपिबद्ध अर्ति उपदेश उनका अनुभव हुन्। त्यागै त्यागले भरिपूर नेतृत्व उनको सुन्दर सु-संस्कार हो। उनको अनुभव र मननयोग्य अमूल्य पाठहरु हिजो, आज र भोलि युगौंयुगसम्म सान्दर्भिक र उपयोगी रहिरहने छन्।

संसारले मानेको र हामीले नमानेको कुरा

छिमेकी मुलुकहरु लगायत बिश्वले मानेको त्यागी राजनेताको उनकै जन्म र कर्म भूमिमा किन उछितो काडियो? किन गल लगाएर निर्जीब सालिक भत्काइयो ? त्यो छल र दिग्भ्रमबाट जनता छिटो ब्युझिन जरुरी छ।

बिश्वका ठूला, धनी, सम्पन्न समृद्ध राज्यहरु उनकै दिब्योपदेशलाई आदर्श दर्शन मानेर त्यसकै जग र पदमार्गमा टेकेर हिँडिरहेका छन्। समावेशिता, समानता, न्याय, एकता, राष्ट्रियता, नैतिकताका सिद्धान्तहरु प्रतिपादन गरिरहेका छन्।

तिम्रा पुर्खा मार्‍यो, तिम्रा राज्य लुट्यो, तिम्रो जात, धर्म संस्कृति पहिचान मेटिदियो, तिम्रो नाक कान काटिदियो, तिम्रो समुदायलाई हिन्दूकरण गर्‍यो भन्ने गलत भाष्य निर्माण गरेर हामी ती महान् देशभक्त त्यागी राजनेतालाई खोइरो खनिरहेका छौं। अमूल्य उपदेशहरुलाई लत्याइरहेका छौं। उनको योगदानलाई अवमूल्यन र अपमान् गरिरहेका छौं।

धर्मान्तरका ठेकेदार राष्ट्रघाती दलाल नेतृत्वहरुको यो प्रायोजित भाष्य अक्षम्य छ। दण्डनीय छ। ती छद्म नेपाली नागरिक तर बिदेशी भाडाका दासहरुलाई चुनावमा हराउनु मात्र होइन, देशद्रोही मुकरर गरेर आजीवन काराबास पठाउन बिलम्ब भइसकेको छ। धर्तीबाट बिदा लिइसकेकाहरुलाई मरणोपरान्त जन्म कैद सजाय तोक्न जरुरी छ।

धरापमा राष्ट्रिय सुरक्षा

राष्ट्रिय सुरक्षाको जग देशभक्तिले भरपूर राष्ट्रिय एकता हो। अनुशासित, मर्यादित्, शोभायमान र सुगन्धित् राष्ट्रिय एकता। राजनीति, सूचनानीति, न्यायनीति, कुटनीति, अर्थतन्त्र र सेना राष्ट्रिय सुरक्षाका अवयवहरु हुन्।

बिकृत र बिकाउ राजनीतिले आज ती सबै अवयवहरु ध्वस्त पारिसकेको दूर्भाग्य छ। राष्ट्र निर्माताले खडा गरेको ३०० बर्ष पुरानो अराजनीतिक अनुशासित नेपाली सेनालाई विलय मिसनको बाधक मानिएको छ र यसलाई कमजोर पार्न चौतर्फी आक्रमण भइरहेको तीतो सत्य सबै देशभक्त नेपाली समुदायहरुलाई जगजाहेरै छ।

बिकृत राजनीतिले ४ जात ३६ वर्णको सुन्दर र शक्तिशाली बगैँचालाई भत्काइदिएको छ। जातीय क्षेत्रीय र धार्मिक सद्भाव भड्काएर अर्को गृहयुद्ध गराउने प्रपञ्च (न्यारेटिभ) को रचना भइसकेको छ।

इतिहास, धर्म, संस्कृति, प्रकृति मासिएको देशको राष्ट्रियता, एकता र सुरक्षा छाता धेरै कमजोर हुन्छ। यति कमजोर राष्ट्रिय सुरक्षा आधुनिक ईतिहासमा कहिले देखिएको थिएन। राष्ट्रिय सूचना र गोपनीयता बेचिएको राष्ट्रिय सुरक्षा छाता घाम पानी नछेक्ने भइसकेको छ। बाह्य हस्तक्षेप र जासुसी घुसपैठको गन्ध अंग अंग र नसा नसामा देखिन थालेको छ।

राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा एउटा सिक्काका दुई भाग हुन्। तर, राष्ट्रिय एकताको भड्काव र विसर्जनले राष्ट्रिय सुरक्षा छातालाई कमजोर बनाइसकेको छ। राज्यलाई तीब्रगतिमा सत्ता र सरकार आफैंले विलयको बाटोतर्फ धकेल्दै छ।

निचोड

राष्ट्रिय एकताको डोरी धुजाधुजा हुने गरी चुडिरहँदा मालिक र नोकरहरुको एकताको गाँठो कस्सिएको छ। गठवन्धनका नोकर र नोकरहरुको अप्राकृतिक मेलमिलाप र एकताले जग हँसाएको छ र आम जनतालाई चरम बितृष्णा र आक्रोशको कित्तामा धकेलेको छ।

मालिकले आधुनिक इतिहासमा सर्बाधिक कम्फोर्टेबल सरकार भेटेको छ। अनगिन्ती बफादार नोकरहरु मध्ये बर्तमान कम्फोर्टेबल नोकरको सरकार मालिकको हित अनुकूल छ। त्यसको सोझो अर्थ, त्यो नेपालको सबसे प्रतिकूल राष्ट्रघाती नोकर सरकार हो।

राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको दुश्मन मालिकहरुको बफादार सत्ता र सरकार हो। मालिकलाई होनहार होइन आफूप्रति बफादार नोकर सरकार चाहिएको छ। र, लगातार त्यसकै अभ्यास भइरहेको छ। उदाहरणको लागि मालिकले आधुनिक इतिहासमा सर्बाधिक कम्फोर्टेबल सरकार भेटेको छ।

अनगिन्ती बफादार नोकरहरु मध्ये बर्तमान कम्फोर्टेबल नोकरको सरकार मालिकको हित अनुकूल छ। त्यसको सोझो अर्थ, त्यो नेपालको सबसे प्रतिकूल राष्ट्रघाती नोकर सरकार हो।

राष्ट्र निर्माताको सपना साकार गर्न अथवा खुम्चिएको, चाउरिएको सुन्दर शान्त बिशाल नेपालको रक्षा कल्याण सम्मान गर्न कठोर निर्णय लिन जरुरी छ। केही बिकल्पहरु सुझाएको छु-

पहिलो- राष्ट्रघाती अपराधी भ्रष्टचारी शीर्ष नेतृत्वहरुको समूल बिदाई र बहिर्गमन। सर्वमान्य, सर्वस्वीकृत, त्यागी देशभक्त राजनेताको उदय र कल्याणकारी साशनसत्ता।

दोश्रो- सय बढी देशद्रोही लुट्तन्त्रका द्योतक राजनीति दलहरुको दुई वा वढीमा तीन दलमा ध्रुबीकरण। अथवा, समृद्धि हासिलको १० बर्षसम्म सबै दलका नैतिकवान इमान्दार त्यागी नेतृत्वहरुको एउटा विकास दल र त्यसको प्रजातान्त्रिक व्यवस्थाको अभ्यास।

तेश्रो- दोश्रो तेश्रो पिंढीले बिद्रोह गरेर शीर्ष नेतृत्वहरुलाई अपदस्त गरी छानविन गर्ने र स्वदेश, बिदेशका देशभक्त नेपालीहरुले स्थापना गरेको नयाँ सुशासनको सुन्दर ब्यवस्था।

चौथो- नेपाली जनताको अन्तिम सशक्त शान्ति आन्दोलन र भ्रष्टाचार नियन्त्रण तथा सुशासन अभियान। भ्रष्ट विदेशी गुलामहरुलाई जन्म कैद। र, देशभक्त अराजनीतिक वा स्वतन्त्र उम्मेदवारहरुको सुशासन दिने सत्ता र सरकार।

पाचौं- संघीयताको खारेजी र राज्यको पुनसंरचना तथा धर्म निरपेक्षताको लागि जनमत। बिज्ञहरुको नया लोककल्याणकारी सरकार।

छैठौं- एक्लाएक्लै, दुक्लै सामूहिक र दलगतरुपमा मालिकसमक्ष गरेका गोप्य राष्ट्रघाती असमान सन्धी सम्झौता समझदारी सहमतिको खुलासा र भविष्यमा माटोको टिका लगाएर देशभक्ति गरिरहने प्रण।  एनजिओ-आइएनजिओको एकमुष्ट बिदाई।

राष्ट्रिय सुरक्षा परिषदको सवलीकरण र सूचनाको गोपनीयता। कुटनीतिज्ञसँगको गोप्य छुट्टाछुट्टै भेटघाटमा प्रतिवन्ध र सामूहिक खुला भेटघाटको अभ्यास प्रारम्भ। आफ्ना बिदेश भ्रमणमा रोक्। भारतीय लगानी माथि प्रतिवन्ध।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *