मुक्तक : उडान
आफ्नो उडान भर्न अरूको पखेटा काट्नेले
असत्यलाई नै सत्य भन्छ बारम्बार ढाँट्नेले
आफूलाई केन्द्रमा राख्दै अरुलाई हतियार बनाई
धमिलो बनाउँछ माहौल झूटा आश्वासन बाँढ्नेले।
पानीसँग डराउनेले पौडी कहाँ खेल्न सक्छ र
समस्यासँग डराउनेले चुनौती कहाँ झेल्न सक्छ र
जीवनमा आउने गल्छेडा नाघ्दै अघि बढ्नलाई
साहस नजुटाई बिघ्नबाधा कसरी पेल्न सक्छ र?
समाजमा हुने बिकृति बिरुद्ध जन जनले बोल्नु पर्छ
बेतिथीले ढाक्या पर्दा आवाजको चाबीले खोल्नु पर्छ
जान्नेहरु मौन भै बसिरहने हो भने सत्य त दब्छ नै
उनीहरुको बिद्वत्ताको आगोले उनैलाई पोल्नु पर्छ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment