दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट
कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि रु एक करोड बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा-चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए। केही दिनअघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो।
विसं २०६१ मा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवतजावत प्रभावित बनेको छ। पुल भत्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूले सोही दिन क्षतिग्रस्त पुलको निरीक्षण गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सरकारको प्राविधिक टोलीले महाकालीको क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ। नदीमा पानीको बहाव कम भएपछि अन्य पिलरहरुको अवस्थाबारे पनि अध्ययन गरिनेछ। त्यसपछि आवश्यक मर्मतको काम सुरु गरिनेछ। प्राविधिक टोलीले पुल मर्मतका लागि एक वर्ष समय लाग्ने जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment