एमालेको रौतहटमा १० औं जिल्ला अधिवेसको चहल पहल

डिसी नेपाल
१५ माघ २०८० ९:३२
84
Shares

रौतहट। नेकपा एमाले रौतहटको जिल्ला अधिवेसको चहल पहल सुरु भएको छ । जिल्ला अधिवेसको तयारी तिब्र रुपमा भईरहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिएका छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन कार्य चन्द्रपुर नगरपालिका सहितका पालिकाहरुमा सम्पन्न भएको छ । आउदो माघ २५ र २६ गते हुने एमालेको १० औं जिल्ला अधिवेशनको लागी शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको कार्य भएको हो ।

चन्द्रपुर नगरपालिकाले निर्बिरोध रुपमा १० वटै वाडबाट ५७ जना प्रतिनिधि चयन कार्य सम्पन्न गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।

चन्द्रपुरको वाड वाडबाट प्रतिनिधि चयन गरिएको थियो । महिला,युवा,दलित तथा खुल्लाबाट जिल्ला अधिवेशनको लागी ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए । चन्द्रपुरमा संघिय संसद तथा प्रदेश कमिटि सदस्य बिना साहलाइ निर्वाचन अधिकृतको रुपमा खटाएको थियो ।

रौतहटको अधिकांश पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन ।

ति पालिकाहरुमा पनि १-२ दिन भित्र प्रतिनिधि चयन हुने केन्द्रिय सदस्य रेग्मीले बताए । रौतहटको १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागी ४ सय ३५ जना प्रतिनिधि चयन हुने भएका छन ।

पार्टीका बिभिन्न जनसंगठनहरुले पनि प्रतिनिधि चयन गरेर पठाएका छन । रौतहटमा एमालेको अधिवेशनको सरमर्गी बढेको छ । गरुडामा हुने जिल्ला अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.