घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ। त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment