सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानीबारे छलफल

डिसी नेपाल
१७ माघ २०८० १३:५३
44
Shares

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानी सम्भावनाका बारेमा छलफल भएको छ। गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो।

मन्त्री शाहीले सुदूरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउँदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गरे। उनले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिए । उनले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्द्धन गर्नको लागि संघले काम अघि बढाएको बताए।

छलफलका क्रममा सुदूरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.