टिआरसी विधेयक सहमतिबाटै अघि बढाउनु पर्ने एमालेको अडान
काठमाडाैं। प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताका क्रममा ओलीले टिआरसी विधेयकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले टिआरसी विधेयक लगाएतका बिषयमा छलफल भएको भन्दै उक्त विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने बताए।
यद्यपि ओलीले उक्त विधेयकमा एमालेका अडान कायमै रहेको उल्लेख गरे। उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई टुङ्गो लगाउने बिषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी दिए।
त्यस्तै प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको ओलीले बताएका हुन्। भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुङ्ग्याउनका लागि सहयोग गर्न आग्रह गरे







डिसी नेपाल








Facebook Comment