नेपाली कांग्रेस समुदायको पीडा सम्बोधन गर्ने पार्टी हो : सिंह

डिसी नेपाल
१९ माघ २०८० १९:५७
72
Shares

सुधा देव

सप्तरी । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस समाजमा परिवर्तन ल्याउन,समुदायलाई परेको पीडा सम्बोन गर्ने जनताको पार्टी रहेको बताएका छन् । समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत शुक्रबार राजविराजमा सम्बोधन गर्दै सिंहले समुदायमा गरेर जनताको समस्या बुझेर सम्बोधन गर्नका निम्ति मुलुकभरी यो अभियान संचालन गरेको बताए ।

नेपाली कांग्रेस प्रजातान्त्रिक र लोकतान्त्रिक मान्यता भएको पार्टी भएकोले काँधमा आएको जिम्मेवारी पुरा गर्न कांग्रेस लागि परेको बताए । संविधानबाट प्राप्त अधिकार संस्थागत गर्न समेत यश अभियानबाट सहयोग पुग्ने सिंहको तर्क थियो ।

नीति कानुन बनाउने बेलामा कानुन बनाउन सरकारले काम गरिरहेकोले यो अभियानले कानुन बनाउन समेत सहयोग पुग्ने धारणा सिंहको रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले समुदायमा कांग्रेस अभियानबाट जनतालाई किन समस्या छ ? हामी कहाँ चुकेका छौ ? भन्ने विषयमा नेपाल सरकार र नेपाली कांग्रेसलाई उत्तरदायित्व बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

समुदायमा कांग्रेस अभियान अन्तर्गत कांग्रेसको कमिकमजोरी सच्याएर सबै जना एकजुट भएर पार्टीलाई १ नं सशक्त पार्टी बनाउनुपर्ने धारणा व्यक्त गरिन् । प्रतिष्ठाको लडाइँमा हार्न खोज्ने व्यक्तिको जीत हुने भएकोले झुकेर पार्टी बलियो भयो भने त्यसको लाई एक पाईला पछाडि सर्न सक्नुपर्ने तर्क गरिन् । पार्टीले एउटा रणनीति लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो ।

विकासको योजना,बेरोजगारी समस्या अन्त्यको एजेन्डा काँग्रेसले ल्याउँनुपर्ने सहभागीहरूको भनाइ रहेको थियोे । कृषि समस्या अन्त्यको आवाज किसानसम्म पुग्न सकेको बताउदै उनीहरूले सप्तरीकोमा सिचाइ दिन सक्यो भने हामी प्रयाप्त अन्न उत्पादन गर्न सक्ने र मुलुकको अन्य ठाउँमा निर्यात गर्न सक्ने प्रतिबद्धता समेत सहभागीहरूले गरे ।

निमुखालाई न्याय,विपन्नलाई आय नभएसम्म मुलुकले कोल्टे फेर्न नसक्ने बताउँदै भ्रष्टाचार विरोधको अभियानमा लाग्नुपर्ने सहभागीको भनाइ रहेको थियोे । भ्रष्टाचार मुक्त अभियान कांग्रेसको प्रमुख एजेन्डा हुनुपर्ने तर्क दिदै सहभागीहरूले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न सकियो भने हरेक क्षेत्रको विकास हुन्छ र जनताले सहज महशुस गर्ने धारणा व्यक्त गरे ।

समुदायमा कांग्रेस अभियानकार्यक्रमको सातौं दिन विमला कार्की, विन्दु यादव, सरोज यादव, मोहन बस्नेत लगायत एक दर्जन केन्द्रीय र प्रदेशका नेपाहरूको उपस्थिति रहेको थियो । जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव सनद मण्डलले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रामकुमार यादवले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.