सर्लाहीका राय मधेस प्रदेशका अध्यक्ष
जनकपुर। बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको मधेस प्रदेश समितिको अध्यक्षमा सर्लाहीका पूर्व संविधान सभा सदस्य लक्ष्मण राय यादव चयन भएका छन्।
समितिको आह्वानमा मधेस प्रदेशको ८वटै जिल्लाका बीपीका अनुयायीहरुको शनिवार जनकपुरमा भएको भेलाले उक्त निर्णय गरेको हो।
संस्थाका केन्द्रीय अध्यक्ष कोशी प्रदेशका संसद इन्दिरा थापाको अध्यक्षतामा भएको सो भेलाले माघ २९ गते जनकपुरमा मधेस प्रदेस स्त्तरीय वर्तमान सन्दर्भमा वीपी र समाजवाद विषयक विचार गोष्ठि तथा मधेस प्रदेसका ८ जिल्लाका प्रजातन्त्र सेनानीहरुलाई एवं सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्ने भएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष थापाका अनुसार वीपीवाद निर्माण गर्नका लागि सातै प्रदेशमा यस्तो कार्यक्रमा संचालन गर्नेछ। कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला रहने भएका छन्।
संस्थाका अध्यक्ष इन्दिरा थापाको अध्यक्षतामा माघ २० गते जनकपुरमा सम्पन्न भेलाले ९ वटा कार्यक्रम तयारी समितिहरु समेत गठन गरेको छ। गोष्ठिका लागि धनुषाका भोला पंजियरको संयोजकत्वमा ३१ सदस्यीय मुल समिति बनाइएको छ।
त्यसै गरि संजिव यादवको नेतृत्वमा प्रचार प्रसार समिति, सुरेश कोइरालाको नेतृत्वमा मञ्च व्यवस्थापन तथा मिथिला साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ।
त्यसैगरि यातायात व्यवस्थापन समितिको संयोजकमा प्रमेस पोख्रेल, व्यवस्थापन समिति संयोजकमा नविन गोहिवर यादव,स्वागत समितिको संयोजकमा जिब्सि यादव,स्वयंसेवक परिचालन समितिको संयोजकमा पुष्पेन्द्र गोहित,आर्थिक समितिमा संघीय तेजुलाला चौधारीलाई संयोजक चयन गरिएको छ। त्यसै गरि ११ सदस्यीय सल्लाहकार तथा अनुगमन समिति समेत गठन गरिएको छ।







डिसी नेपाल








Facebook Comment