बर्तमान सन्दर्भमा विपि र समाजवाद विषयक अन्त्तक्रिया हुने
जनकपुर। विपि कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले माघ २९ गते जनकपुरमा मधेस प्रदेस स्त्तरीय विचार गोष्ठी तथा मधेस प्रदेसका ८ जिल्लाका प्रजातन्त्र सेनानीहरुलाई,सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्ने भएको छ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला रहने भएकाो छन्। ।संस्थाका अध्यक्ष इन्दिरा थापाको अध्यक्षतामा माघ २० गते जनकपुरमा सम्पन्न तयारी भेलाले ९ वटा समिति गठन गरेको छ।
सोही भेलाले सर्लाही जिल्लाका नेपाली कांग्रेसका पूर्व सभापति पूर्व संविधान सभा सदस्य लक्ष्मण राय यादवलाई विपि कोइराला सोसलिष्ट इन्टरनेशनल मधेस प्रदेसको अध्यक्ष चयन गरिएको छ। गोष्ठीका लागि भोला पंजियरको संयोजकत्वमा ३१ सदस्यीय मुल समिति बनाइएको छ।
त्यसै गरि संजिव यादवको नेतृत्वमा प्रचार प्रसार समिति, सुरेश कोइरालाको नेतृत्वमा मंच व्यवस्थापन तथा मिथिला साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ।
त्यसैगरि यातायात व्यवस्थापन समितिको संयोजकमा प्रमेस पोख्रेल,व्यवस्थापन समिति संयोजकमा नविन गोहिवर यादव,स्वागत समितिको संयोजकमा जिब्सि यादव, स्वयंसेवक परिचालन समितिको संयोजकमा पुष्पेन्द्र गोहित,आर्थिक समितिमा संघीय तेजुलाला चौधारीलाई संयोजक चयन गरिएको छ। त्यसै गरि ११ सदस्यीय सल्लाहकार तथा अनुगमन समिति समेत गठन गरिएको छ।







डिसी नेपाल








Facebook Comment