एमाले धादिङ जिल्ला अधिवेशन सोमबारसम्मका लागि स्थगित

डिसी नेपाल
२१ माघ २०८० २१:०१
52
Shares

धादिङ। धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। दुई पक्षबीचको विवादले हात हालाहाल भएपछि अधिवेशन स्थगित गरिएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेर विवाद मिलाउने प्रयास गरेका छन्।

विवादपछि बागमती प्रदेश अध्यक्ष कैशाल ढुंगेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जनाएका थिए। त्यसपछि अवस्था थप बिग्रिएको थियो।

जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद भएको थियो।

विवादपछि भएको झडपमा कुटपिटमा परी एक जनाको हातसमेत भाँच्चिएको थियो। शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का हुँदा सन्तोष खनालको हात भाँच्चिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.