कार्यसम्पादन मूल्यांकनमा मोरङकै उत्कृष्ट नगरपालिका बन्यो उर्लाबारी

डिसी नेपाल
१० फागुन २०८० १३:३४

मोरङ। कार्यसम्पादन मूल्यांकनमा मोरङका नगरपालिकामध्ये उत्कृष्ट उर्लाबारी नगरपालिका बनेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्यांकन गरी अंक प्रदान गरि सार्वजनिक गरिएको छ । जम्मा १६ वटा सूचकहरु मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।

उर्लाबारी नगरपालिका मोरङका महानगरपालिका र नगरपालिकाहरु मध्ये सबैभन्दा उत्कृष्ट भएको छ भने गाउँपालिकाहरु सहितको तुलनामा केराबारी गाउँपालिका सबैभन्दा उत्कृष्ट भएको छ ।

उर्लाबारी नगरपालिकाले ३५.१८ अंक प्राप्त गरेको छ भने केराबारी गाउँपालिका बाहेक अन्य पालिकाहरुले उर्लाबारी नगरपालिकाभन्दा कमजोर अंक हासिल गरेका छन्।

गतआवमा समेत उर्लाबारी नगरपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा आयोगले अंक प्रदान गरेको थियो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका ६१.८१ अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *