ताप्लेजुङ जिल्लाको लेलेपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डिसी नेपाल
१३ फागुन २०८० १४:१३
76
Shares

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको दुर्गम स्थान लेलेप-६ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। इलाइट एक्सपेड र हेल्पिङ ह्यान्ड कम्युनिटी हस्पिटलको संयुक्त आयोजनामा ताप्लेजुङको लेलेप-०६ मा निःशुल्क चिकित्सा शिविर आयोजना गरिएको हो।

इलाइट एक्सपेडका निर्देशक कीर्तमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले आफ्नो जन्मथलो ताप्लेजुङ जिल्लाको फाक्तालुङग्राम नगरपालिकाको लेलेपमा निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरेका हुन्।

सो स्वास्थ्य शिविरमा नेपालका स्वास्थ्य क्षेत्रका ख्यातिप्राप्त चिकित्सक डा गुप्ताबहादुर श्रेष्ठ, अर्थोपेडिक सर्जन प्रा डा गणेशबहादुर गुरुङ, बाल रोग विशेषज्ञ प्रा डा गणेश राई, रेडियोलोजिस्ट प्रा डा कृष्ण अधिकारी, स्त्री रोग विशेषज्ञ डा सन्तोष कुमार झा, नेपालका स्वास्थ्य क्षेत्रका ख्यातिप्राप्त चिकित्सकहरु रहेका थिए।

सो स्वास्थ्य शिविरबाट चार सय ४७ बिमारीले निःशुल्क सेवा लिएका थिए। स्वास्थ्य शिविरमा दुई दिन हिँडेर बिरामी आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *