प्रधानमन्त्रीद्वारा आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्दै आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
स्वर्गीय आचार्यलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराती, बिभिन्न दलका नेता, शुभचिन्तक, गीत-संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकार, सर्वसाधारण लगाएत नाट्य प्रज्ञा-प्रतिष्ठानमा पुगेका थिए।
स्वर्गीय आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले गीत संगीतका माध्यमबाट आचार्यले पुर्याएको योगदान अमर रहने बताए। उनले भक्तराज आचार्यको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताए।
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो। आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन्।
गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-संगीत क्षेत्रमै छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment