पीएसएल मालिकले क्रिकेट बाबर आजमलाई उपहार दिए अनाैठाे कार

डिसी नेपाल
१६ फागुन २०८० ७:५१
100
Shares

इस्लामबाद। पाकिस्तान सुपर लिगमा सोमबार पेशावर लाजिमीका लागि बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन्।

बाबर आजमले ६३ बलमा १११ रनको इनिङ खेले। योसँगै बाबर आजमको टोली पेशावर जाल्मीलाई जिताउन सफल भयो। उनका कारण पेशावर जाल्मी ८ रनले विजयी हुन सफल भए पछि यसले नयाँ रोचक मोड लिएको छ।

सो खेलमा पहिले ब्याटिङ गरेको पेशावर जाल्मीले बाबर आजमको शतकको मद्दतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो। तर, यो जितपछि पेशावर जाल्मीका मालिकले बाबर आजमलाई विशेष उपहार दिएका छन्।

समाचार अनुसार बाबर आजमको शानदार शतकपछि पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले उपहारस्वरूप लक्जरी कार दिने घोषणा गरेका छन्। पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले बाबर आजमलाई एमजी एचएस एसेन्स कार उपहार स्वरुप दिने बताएका हुन्। जसलाइ अनाैंठाे कारकाे संज्ञा दिइएकाे छ।

यो लग्जरी कार भारतमा उपलब्ध छैन। जावेद अफ्रिदीले ट्वीट गर्दै यो लग्जरी कार पाकिस्तानमा बनेको लेखेका छन्। उनका अनुसार बाबर आजम यो कार चलाउने पहिलो पाकिस्तानी हुनेछन्।

तथ्याङ्कले देखाउँछ कि बाबर आजमले टी-२० ढाँचामा ११ पटक शतकको अंक पार गरेका छन्। बाबर आजम टी-२० ढाँचामा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन्।

यो सूचीमा वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान क्रिस गेल शीर्ष स्थानमा छन्। टी–२० ढाँचामा क्रिस गेलको नाममा २२ शतक छ । यसबाहेक बाबर आजमले टी-२० ढाँचामा १० हजार रनको जादुई अंक पार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.