नेदरल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

डिसी नेपाल
१६ फागुन २०८० १३:०५
180
Shares

काठमाडौं । किर्तिपुर मैदानमा जारी त्रिकोणीय टि–२० सिरिजको खेलमा नेदरल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

नेदरल्याण्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । सिब्राड एंगलब्रटले ४९, कप्तान स्कट एडवार्डसले ३३ र तेजा निदामनुरुले ३१ रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.