रोटरी मिनी म्याराथन २०२४ को सम्पूर्ण तयारी पूरा

डिसी नेपाल
१६ फागुन २०८० १३:४१
8
Shares

काठमाडौं। चितवनको रोटरी क्लब अफ रत्ननगरको आयोजनमा हुन लागेको रोटरी मिनी म्याराथन २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ ।

उक्त प्रतियोगिता यही फागुन १९ गते चितवनको नारायणगढ नारायणी नदी किनारबाट शुरु हुने बुधवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । उक्त अबसरमा प्रतियोगितामा २ बिधामा धाबकहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक विपिन पोख्रेलले बताए।

उहाले प्रतियोगितामा १५ दशमलब ४ किलोमिटर र ५ किलोमिटरको म्यारथन हुने बताए। दुबै प्रतियोगिताको लागि ६ सय २ जना धाबकहरुले नाम दर्ता गराईसकेको उहाले जानकारी दिए।

संयोजक पोख्रेलले प्रतियोगितामा राष्ट्रिय धाबकहरु नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवकहरु अतिसिमान्तकृत चेपाङ समुदायका धाबकहरुको अतिरिक्त जर्मन र केन्याका धाबकहरु समेतको सहभागिता रहने उल्लेख गरे।

प्रतियोगितामा बिजयी खुल्ला तर्फका धाबकहरु प्रथमले १ लाख चादी मेडल, दोश्रो हुनेले ५० हजार चाँदी मेडल र तृतियले २५ हजार र चाँदीको मेडल पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा दुरी पुरा गर्ने चेपाङ धाबकहरुलाई २ हजार नगद प्रदान गरिने संयोजक पोख्रेलले जानकारी दिए। प्रतियोगिताको महिला लक्षित ५ किलोमिटर दौड प्रतियोगितामा प्रथमले २० हजार चादीको मेडल, दोश्रो हुनेले १० हजार चादीको मेडल र तृतियले ५ हजार र चादीको मेडल पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.