‘देशलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल सरकार चाहिन्छ’

डिसी नेपाल
१६ फागुन २०८० २१:१४

इनरुवा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमतको सरकारले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउनसक्ने बताएका छन्।

आज यहाँ आयोजित वृहत् कार्यकर्ता भेलामा उनले एमालेको एकल बहुमतको सरकार गठन नभएसम्म राष्ट्रियता पनि सुदृढ नहुने बताए। उनले पार्टी कार्यकर्तालाई संगठन विस्तारमा लाग्न निर्देशन दिँदै तल्लो तहमा पार्टीले गर्ने कामबाटै जनताको भरोसा जित्न सकिने बताए।

पूर्वप्रधानमन्त्री ओलीले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत आधारभूत विकासका संरचना र तिनमा विपन्न वर्गको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै देशको समृद्धिका लागि इमान्दारीका साथ काम गर्न सरकारलाई सुझाव दिए। लोकतन्त्रको अनुभूति हुने गरी काम गर्न उनले वर्तमान सरकारलाई आह्वान गरे।

त्यस अवसरमा जनता समाजवादी पार्टी (जसपा), नेपाल केन्द्रीय सदस्य तथा तत्कालीन भोक्रहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहताको नेतृत्वमा सय बढी नेताकार्यकता नेपका एमालेमा प्रवेश गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *