एनआरटी केपी ओली कपको फाइनलमा

डिसी नेपाल
१७ फागुन २०८० १४:५०
40
Shares

काठमाडौं। न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए ।

अब एनआरटीले फाइनलमा मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.