टोंगा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना, नेपालको एक सय ८२ देशमा सम्बन्ध विस्तार

डिसी नेपाल
१९ फागुन २०८० १२:०८
36
Shares

काठमाडौं। नेपालले टोंगा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालको वैदेशिक सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोंगाका स्थायी प्रतिनिधि भिलिमी भ्याइंगाटोनेले हस्ताक्षर गरेका हुन्।

नेपाल र टोंगाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उनीहरुले हस्ताक्षर गरेका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ।

त्यस अवसरमा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा सहयोग एवं साझेदारी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

टोंगाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो । नेपाल र टोङ्गा ग्रुप ७७ र चीनका सदस्य हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *