आजै नयाँ मन्त्रिपरिषद् गठनको तयारी

डिसी नेपाल
२१ फागुन २०८० ११:२२

काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदैछ। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सरकार परिवर्तन हुन लागेको जानकारी दिंदै आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने बताएका छन्।

बिहान मात्रै बालकोटमा नेकपा एमालेको सचिवालय बैठक बसेको थियो। नयाँ राजनीतिक घटनक्रम विकसित भएसँगै बिहानैदेखि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सकिएकाे छ। आजै बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ।

पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालकाे कार्यकारिणी समितिको बैठक जारी छ।

यसैबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ। सत्ता समीकरण बदलिने भएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *