बालुवाटारबाट केपी ओलीले गरे माधव नेपाललाई टेलिफोन
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुगेका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन्। एमालेलाई विभाजित गरेको भन्दै सार्वजनिक रुपमै आक्रोश व्यक्त गर्दै आएका अध्यक्ष ओली र अध्यक्ष नेपालबीच एउटै मञ्चमा हुँदासमेत नदेखेकोजस्तो गर्ने गरेका थिए।
तर, यो अवस्थालाई अन्त्य गर्दै अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका छन्।
सोमबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेका हुन्। सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका थिए। उनीहरुले एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरे।
उक्त आग्रह आफ्नो पनि रहेको भन्दै ओलीले नेपाललाई टेलिफोन गरेर जानकारी गराएका थिए। आफू आउन नसकेको भन्दै ओलीले नेपालको स्वास्थ्यलाभको कामना पनि गरे।
जवाफमा अध्यक्ष नेपालले गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment