सभापति देउवाले दिए ग्याल्पो ल्होसारको शुभकामना

डिसी नेपाल
२७ फागुन २०८० २३:३१
36
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन्।

उनले आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताएका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो। यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरु छन्। यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन्।

लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *