जसपाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्णय
काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज अपराह्न सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए।
उनले भने, ‘भोली फागुन ३० गते प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment