नेविसंघद्वारा गृह र अर्थमन्त्रीको पुत्ला दहन

डिसी नेपाल
५ चैत २०८० १२:५०

काठमाडाैं। सुन तस्कर र सहकारी ठगहरुलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संंघ(नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दाबाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबाद लगाएत प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए।

उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे। नेविसंघले बिभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्रीका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *