साउदी लिगमा अल हिलाल अपराजित

डिसी नेपाल
२४ चैत २०८० ८:०१
64
Shares

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक एक गोल गरेका थिए।

त्यस्तै अल खालीजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए।

यो जितपछि अल हिलालको २७ खेलमा २५ जित र २ बराबरीसहित अपराजित रहदै ७७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ।

त्यसैगरी दोस्रो स्थानमा रहेको अल नासर २७ खेलमा ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अल खालीज भने २७ खेलमा ३४ अंकसहित नवौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.