विराट कोहलीले बनाए यस आईपीएलको पहिलो शतक

डिसी नेपाल
२४ चैत २०८० २२:१०
100
Shares

काठमाडौं। विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो शतक प्रहार गरेका छन्।

विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन्। यो यस सिजनको आईपीएलकै पहिलो शतक हो। त्यस्तै विराट कोहलीको आईपीएलमा अहिलेसम्मको आठौँ शतक हो।

आजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको छ। योसँगै राजस्थान रोयल्सले १८४ रनको लक्ष्य पाएको छ। बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाए।

त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.