महुली लघुवित्तको साधारण सभा आज बस्दै

डिसी नेपाल
२६ चैत २०८० १०:३२

काठमाडौं । महुली लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्ने भएको छ । यस वर्ष शेयरधनीहरुको हाथ खाली रहने भएको छ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । सभा प्रयोजनका लागि यसले चैत १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *