नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

डिसी नेपाल
२७ चैत २०८० २०:४०
20
Shares

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। जमलस्थित चेम्बर भवनमा आज भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो। अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा चयन भएका छन्।

त्यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियतर्फ नीलकण्ठ चौलागाईं र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन्।  वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ। कुल ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीतबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *