लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

डिसी नेपाल
६ वैशाख २०८१ ११:०५
312
Shares

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ।  चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन्।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन्।

भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ। त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन्।

सत्तारुढ दलले पाउने मन्त्रालय भने अझै टुंगो नलागेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.