कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

डिसी नेपाल
१८ वैशाख २०८१ १६:४६
24
Shares

काठमाडौं। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मंगलवार सुर्खेतमा प्रदेश सरकारका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थीक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गा रावत रहेका छन्। यस्तै राज्यमन्त्री गोमता विकले पनि सपथ लिएकी छन्।

यता कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहण बहिस्कार गरेका छन्।

मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाउदै आएका छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उहाले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *