ओलीले भने– इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

डिसी नेपाल
१८ वैशाख २०८१ १६:५७
28
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन्।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन्।

सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए।

ओलीले आफुले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफुले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *