राजनीतिक परिवर्तनले पनि श्रमिकको हित गर्न सकेन : कमल थापा

डिसी नेपाल
१९ वैशाख २०८१ ७:०४
68
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजनितीक परिबर्तन पछिपनि श्रमिक बर्गको हक, हित र संरक्षण हुन नसकेको बताएका छन्।

पार्टी आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपालको श्रम बजार बिस्तार हुनुको सट्टा सङ्कुचित भएको टिप्पणी गरे।

सरकारको गलत नीति र अदूरदर्शिताका कारण रोजगारीको अबसर श्रीजना हुन नसकेको र नेपाली युबाहरुले वैदेशिक रोजगारीको मुख ताक्नु पर्ने दुर्भाग्यपूर्ण अबस्था रहेको थापाको भनाइ थियो।

रेमिटेन्सको भरमा मुलुक चलाउनु पर्ने बिडम्बनापूर्ण अबस्था देशले ब्यहोर्नु परिरहेको भन्दै थापाले पछिल्लो समय राज्यप्रति जनताको भरोसा टुटेको समेत बताए। मजदुर बर्ग र उसको आश्रीत परिवारको शिक्षा ,स्वास्थमा सरकार गम्भीर हुनुपर्ने बताए।

सम्मेलनको उद्घाटन सत्रमा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ ,ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुँवर , मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर , आईएलओका प्रतिनिधि सोलोमान राजबंशी लगायतले बोलेका थिए।

टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको बन्द सत्रले ६ बुँदे प्रतिबद्धता पारित गरेको छ। सम्मेलनमा ५५ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको टुकोनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *