सरकारबाट बाहिरिएको १५ दिनपछि अहिरले सम्हाले मन्त्री पद

डिसी नेपाल
२४ वैशाख २०८१ १३:५५

काठमाडौं। पूर्व सहमति अनुसार २ मन्त्रालय नदिइएको भन्दै वैशाख ८ गते लुम्बिनी सरकारबाट बाहिरिएका भण्डारीलाल अहिरले आज पुन: मन्त्री पद सम्हालेका छन्।

आइतबारमात्र उनको पार्टी जसपा नेपाल फुटेको थियो। जसपा नेपाल फुटाएर वरिष्ठ नेता अशोक राईले जसपा गठन गरेपछि राईको पक्षमा उभिएका अहिरले आज पुन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

लुम्बिनीमा जसपाका ३ सांसद छन्। पार्टी विभाजनपछि अशोक राइको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुनेगरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका हुन्। अशोक राईको निर्देशनमा अहिरले मन्त्रालयको जिम्मेवारी सम्हालेको स्रोतले जनाएको छ। सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए।

वैशाख ८ गते राजीनामा दिएपनि उनको राजीनामा स्वीकृत भएको थिएन। ३ सांसद रहेको जसपा लुम्बिनीमा तीनै जना नयाँ पार्टीमा खुलेको स्रोतको दाबी छ । आइतबार जसपा नेपाल फुटाएर राईसहितका ७ जना सांसदले नयाँ पार्टी गठन गरेका थिए।

लुम्बिनी प्रदेशमा नयाँ समीकरणकाे आधारमा सरकार बनाउँदा जसपालाई दुईवटा मन्त्रालय दिने लिखित सहमति थियाे। तर, साे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीकाे निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *