एमाले फर्किन आतुर वामदेव, ओलीलाई भने– अहिलेसम्म बोलाउनुभएन !

डिसी नेपाल
२४ वैशाख २०८१ १७:२४
40
Shares

काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन्।

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै ७–८ महिना देखि कुरिरहेको बताएका हुन् ।

उनले पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै नेकपा फुटेको बेला आफू कतै नलागेकोले घाटा लागेको समेत बताए।

नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै वामदेवले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यति बेला कतै नलागेको स्पष्ट गरे। उनले ओलीकै आगाडी भने– ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन। म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो। २०८४ मा ६० लाख भोट ल्याउने योजना सफल बनाएर देखाउँ।’

सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा चर्चा गर्न नचाहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *