नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल भएको छैन: रमेश लेखक (भिडियो)

डिसी नेपाल
२६ वैशाख २०८१ १५:०९

काठमाडौं। नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन्।

बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंगको छलफलमा मुख्य सचेतक लेखकले वर्तमान सरकारको बिकल्पमा नयाँ सरकार गठन गर्ने बिषयमा एमालेसंग कुनै ठोस छलफल नभएको बताएका हुन्।

उनले अहिले नै आफुहरु वर्तमान सत्तागठबन्धन भत्काउने पक्षमा नरहेको जिकिर गरे । साना दलहरु मिलेर सरकार बनाउदा पटक पटक परिवर्तन भइरहने अवस्थामा ठूला दलहरु मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उव्जिएको उनले बताए।

राजनीतिमा वार्ता सम्वाद निरन्तर भइरहने भएपनि अहिलेको समिकरणलाई भत्काउन कांग्रेसले हतारो नगर्ने उनको भनाइ छ । त्यस्तै लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे।

संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका बिषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए। लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका बिषयलाई गम्भीरता नदेखाएको जिकिर गरे । उनले संसदलाई प्रभावकारी रुपमा अघि बढाउने दायित्व सरकारको भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *