वर्तमान सरकार निरन्तर अगाडि बढ्छः माधव नेपाल

डिसी नेपाल
२६ वैशाख २०८१ १७:२४
44
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन्। उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए।

रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रुपमा सवल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरि सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। त्यस्तै उनले नारायणहिटिलाई इतिहासलाई झल्काउने गरि संग्रहालयको रुपमा थप विकसित गर्नुपर्ने र त्यहा रहेका सरकारी कार्यालयलाई हटाउनुपर्ने बताए।

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउदै अघि बढ्नुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *