कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

डिसी नेपाल
२७ वैशाख २०८१ १२:०३

काठमाडौं। कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेका छन्।

एमाले संसदीय दलका नेता रहेका कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि एमालेका कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेका हुन्। एमाले र माओवादी केन्द्रले आजै दाबी पेस गरेर नियुक्तिदेखि शपथसम्मको तयारी गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधवार राति मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्दै शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका थिए। विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा हालका मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्न काठमाडौं आइपुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *