मधेश सरकारबाट एमाले पनि बाहिरियो
जनकपुरधाम। नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।
मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए।
यसअघि आजै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिदै सरकार छोडेको घोषणा गरेका थिए।
मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन्। एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment