मधेशमा उपेन्द्र यादवसँगै एक्लिँदै माधव नेपाल

डिसी नेपाल
३१ वैशाख २०८१ ६:१३

काठमाडौं। मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट नयाँ सरकारले ल्याउने योजना सहित बदलिएको सत्ता राजनीतिको नयाँ सत्ता समीकरणको निर्माण गरिदिएको छ।

आइतबार माओवादी केन्द्र र नेकपा एमालेले एका कएक मधेश प्रदेश सरकारबाट मन्त्रीहरुलाई राजीनामा गराई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशमा राजनीतिक तरङ्ग आएको छ।

सत्ता गठबन्धमा रहेका दलहरुबाट चालिएको पछिल्लो मुभले उपेन्द्र यादवलाई मात्र धक्का पुगेको छैन। यसले सत्ता गठबन्धमा रहेको अर्को घटक नेकपा एकीकृत समाजवादीलाई समेत चुनौती खडा गरिदिएको छ।

एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मधेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन्। जसपा नेपालबाट मुख्यमन्त्री रहेका सरोज यादव अल्पमतमा परेसँगै मधेश प्रदेशमा एमालेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको कसरत सुरु गरेको छ। जहाँ संघीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन।

उक्त गठबन्धमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपा मात्र रहेका छन्। यी चार दलहरुसँग नयाँ सरकार गठनको लागि पर्याप्त बहुमत रहेको छ।

मधेश प्रदेशमा १०७ सांसद छन्। सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ।

मधेशमा माधव नेपालको दललाई नयाँ समीकरणमा समावेश नगर्नुले भने वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादी माथी थप दवाव सृजना भएको छ। जसले उपेन्द्रसँग मधेशमा माधव नेपाल एक्लिने आशंकालाई बल पुर्‍याएको छ। त्यसो एमाले र माओवादीले मधेश सरकार छाडेपनि नेकपा एसले समर्थन कायमै राखेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *