जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

डिसी नेपाल
३१ वैशाख २०८१ ९:५८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा पार्टीको फुट, समसामयिक राजनीति, महाधिवेशन तयारीलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ । यसका साथै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि छलफल हुने बताइएको छ ।

अशोक राईको नेतृत्वमा सात जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *