कांग्रेस संसदीय दलको बैठक स्थगित

डिसी नेपाल
३१ वैशाख २०८१ १०:३१
44
Shares

काठमाडौं। आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपरान्ह १ बजे संसदीय दलको बैठक बस्ने बताइएको थियो। तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *